You are viewing the translated version of पदपूर्ति गर्ने.
Section 12
पदपूर्ति गर्ने
(१) दफा ३ बमोजिम कायम गरिएको प्रदेश प्रहरीको दरबन्दीमा दफा ७ वा ९ बमोजिम समायोजन गर्दा वा खटाउँदा समेत दरबन्दी पूर्ति हुन नसकी रिक्त रहन गएको प्रहरी उपरीक्षकभन्दा मुनीको पदमा मन्त्रालयलाई जानकारी दिई प्रदेश कानून बमोजिम प्रदेश मन्त्रालयले पदपूर्तिको व्यवस्था मिलाउनेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश प्रहरी सेवा सम्बन्धी कानून नबनेको र प्रदेश लोकसेवा आयोग गठन भइनसकेको अवस्थामा प्रदेश मन्त्रालयले त्यस्तो रिक्त पद पूर्तिको लागि मन्त्रालयमा लेखी पठाउन सक्नेछ।
(३) उपदफा (२) बमोजिम प्रदेश प्रहरीको पदमा पदपूर्ति गरिदिन माग प्राप्त भएमा मन्त्रालयले त्यस्तो पदमा पदपूर्तिको लागि नेपाल प्रहरीमा हुने पदपूर्तिको व्यवस्था बमोजिम उम्मेदवार छनौट गर्ने व्यवस्था मिलाई त्यसरी छनौट भएका उम्मेदवारलाई नियुक्तिको लागि प्रदेश मन्त्रालयमा सिफारिस गरी पठाउनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम नियुक्तिको लागि सिफारिस भई आएमा प्रदेश प्रहरीको रुपमा सम्बन्धित अधिकारीले नियुक्ति दिनु पर्नेछ।
(५) यस दफा बमोजिम प्रदेश प्रहरीको रिक्त पद पूर्ति हुन नसक्ने अवस्थामा प्रदेश सरकारको अनुरोधमा नेपाल सरकारले नेपाल प्रहरीको समान पदको प्रहरी कर्मचारी खटाउन सक्नेछ।